आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ तोकियो

 फागुन ४, २०८० शुक्रबार १२:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब रुपैयाँ बराबरको सिलिङ तोकेको हाे । 

सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबीच निरन्तर छलफल हुने गरेको भए पनि कुनै विवाद भने नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । 

यसैबीच, चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नुलाई बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताउनुभयो ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको बताउनुभयो ।

विभिन्न सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गरी समाचार दिएको भन्दै उहाँले स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नुपरेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया