अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले...
असोज २८, २०८१ सोमबार
काठमाण्डौ – अमेरिकाले रुसविरुद्ध थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्धको घोषणा गरेको छ । व्यक्ति र संस्थाहरूमाथि गरी पाँच सयभन्दा धेरै प्रतिबन्ध गरिएको हो । रुसले युक्रेनमाथि गरेको आक्रमण तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । व्यक्तिगत वा संस्थागत गरी झण्डै सय जतिलाई निर्यातमा प्रतिबन्ध लगाइएको छ ।
अमेरिकाका पछिल्लो प्रतिबन्धले रुसी अर्थतन्त्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने स्पष्ट नरहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति बाइडनले युक्रेन आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझ ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।
रुसी विपक्षी नेता नभाल्नीको जेलमा निधन भएको एक हप्तापछि अमेरिकाले यी प्रतिबन्धको घोषणा गरेको हो । यस्तै युरोपेली सङ्घ (ईयू)ले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकालाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै झण्डै दुई सय व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।