यो महिना सुनको भाउ तोलामा १८ सय रुपैयाँ घट्यो

 कात्तिक २८, २०७५ बुधबार १२:४१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – यो महिनामा सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । एक गते तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ५८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१ गते ६० हजारमा कारोबार भएपनि ८ गते भाउ बढेर ६ वर्षयताकै महंगो तोलाको ६३ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता फेरि बिस्तारै घटेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको हो । 

डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ घटेको महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया