हैजाको शङ्कापछि मौरिससले ३४ सय जनाभन्दा धेरै यात्रु रहेको पानीजहाजलाई राजधानी छिर्न दिएन

 फागुन १४, २०८० सोमबार १८:३५:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यात्रुमा हैजा फैलिएको शङ्कामा मौरिससले नर्वेको एक विशाल पानीजहाजलाई आफ्नो देशको राजधानी पोर्ट लुइसमा आउन रोक लगाएको छ ।

नर्वेजियन डन नामको पानीजहाजमा रहेका ३४ सय जनाभन्दा धेरै यात्रुमध्ये १५ जनामा हैजाको शङ्का गरिएको थियो । मौरिससका अधिकारीहरूले कुनै पनि स्वास्थ्य जोखिमबाट बच्नका लागि जहाजलाई रोक्ने निर्णय लिइएको बताएका बीबीसीले जनाएको छ ।

जहाजमा रहेका बिरामीहरूको नमुना परीक्षण गर्ने तयारी छ । यात्रुहरूले दक्षिण अफ्रिका यात्राका क्रममा पेटमा समस्या भएको बताएका नर्वेजियन डनका प्रतिनिधिले बताएका छन् ।

दक्षिणी अफ्रिकामा विगत केही महिनाहरूमा हैजाको प्रकोप उच्च भएको छ, जाम्बिया सबैभन्दा बढी प्रभावित भएको छ । गएको वर्ष अफ्रिकामा एक लाख ८८ हजार जनामा हैजा पुष्टि भएकोमा तीन हजार जनाको ज्यान गएको थियो ।

यात्रुहरूको स्वास्थ्य र सुरक्षाका साथै सम्पूर्ण देशको सुरक्षाका लागि जहाजलाई राजधानी आउन नदिनु अत्यन्तै महत्त्वपूर्ण भएको मौरिसस बन्दरगाह प्राधिकरणले बताएको छ । जहाजमा दुई हजार एक सय ८४ जना यात्रु र एक हजार २६ जना चालक दलका सदस्य रहेका छन् । यीमध्ये दुई हजार जना मौरिससको राजधानी पोर्ट लुइसमा ओर्लिने योजनामा थिए ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया