शेयर बजार ९ अङ्कभन्दा धेरैले बढ्याे

 फागुन १५, २०८० मंगलबार १६:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज शेयर बजार नौ अङ्कभन्दा धेरैले बढेको छ । दिनभर उतारचढाव भइरहेको शेयर बजार परिसूचक नेप्से नौ दशमलव ३४ अङ्कले बढेर दुई हजार एक दशमलव ६४ विन्दुमा पुगेको छ ।

आज उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले बढ्यो भने फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ ।

आज बोटलर्स नेपाल कम्पनी र विपी डब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन चिरख्वा हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरै घटेको छ ।

आज ५२ लाख ३९ हजार कित्ता शेयर एक अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १४ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया