रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
मंसिर ९, २०८१ आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।
चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको बाटोमा हिँडेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनुभएको छ । ‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ । त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौँ’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उहाँका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सदियौँ देखिको सम्बन्ध रहेको स्मरण गर्नु भएको छ । ‘हामी एउटै हिमालको वारिपारि बसेका, एउटै हिमालको मूलको पानी खाएका छिमेकी हौँ’, प्रधानमन्त्रीले ओलीले भन्नुभयो, ‘हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौँ ।’
चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताउनुभएको छ । गएको वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराउनुभएको छ ।
‘नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँहरु बढी आकर्षित छन्’, मन्त्री सुगाङको भनाइ उद्धृत गर्दै डा.भट्टराईले भन्नुभयो, ‘भूकम्पपछिको पुनर्निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।