एमालेले गण्डकी प्रदेश सभा सचिवालयमा एकसाथ तीन वटा सङ्कल्प प्रस्ताव दर्ता गरायाे

 फागुन १६, २०८० बुधबार १८:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नेकपा एमालेले कालीगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देश्यीय परियोजना खारेजीको माग गर्दै गण्डकी प्रदेश सभा सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।

गण्डकी प्रदेश सरकार र पालिकासँग समन्वय नगरि सङ्घीय सरकारले एकतर्फीरूपमा शुरु गर्न लागेको परियोजना खारेजीका लागि दबाब दिन प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित गराउने उद्देश्य रहेको प्रस्ताव दर्ता गराउने सांसद सुधीरकुमार पौडेलले बताउनुभयो ।

गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पाको सिमाना राम्दी पुलभन्दा दुई किलोमिटर तल रम्भा गाउँपालिका पीपलडाँडामा बाँध बनाउने योजना छ । त्यहाँबाट २७ किलोमिटर लामो सुरुङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–१ दोभानमा पानी झारेर एक सय ३२ दशमलव नाै मेगावाट बिजुली निकाल्ने र रुपन्देही र कपिलवस्तुका ६३ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने सङ्घीय सरकारकाे योजना छ । यो परियोजना कालीगण्डकी किनार आसपासका बासिन्दाको हितमा नरहेको र वातावरणीय, धार्मिक र सांस्कृतिकरूपमा पनि उचित नरहेकाले खारेजीका लागि सङ्कल्प प्रस्ताव दर्ता गराइएको सांसद पौडेलले बताउनुभयो ।

२०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जलस्रोतमन्त्री हुँदा एमाले उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन प्रक्रिया अगाडि बढाउनुभएको हो ।

यस्तै एमालेले लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने सङ्कल्प प्रस्ताव पनि प्रदेश सभामा दर्ता गराएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया