सुनचाँदीको भाउ बढ्याे

 फागुन १८, २०८० शुक्रबार १३:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  आज सुनकाे भाउ बढेकाे छ । सुन तोलामा आठ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १९ हजार रुपैयाँ भएको छ ।

त्यस्तै  चाँदीको भाउ  पनि १५ रुपैयाँले बढेको छ ।  हिजो एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार तीन सय ९० रुपैयाँ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया