भृकुटीमण्डपमा बसेका मिटरब्याज पीडितकाे अवस्था बिग्रँदो : त्रिपालको चिसो, भोक र रोगले थला पर्दै

 फागुन १९, २०८० शनिबार १५:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका मिटरब्याज पीडितहरूको अवस्था दयनीय बन्दै गएको छ । माघ १६ गते पूर्व र पश्चिमबाट पैदलयात्रा शुरु गरेका पीडितहरू काठमाण्डौमा आएको पनि १० दिन भइसकेको छ । तर पनि सरकारले समाधानको बाटो ननिकाल्दा पीडितहरूको अवस्था बिग्रँदै गएको हो ।

भृकुटीमण्डपमा त्रिपालमुनि बसेका पीडितहरू चिसो र भोकले गल्दै गएका छन् । पीडितहरूमा झाडापखाला र रुघाखोकीको प्रकोप फैलँदो छ भने कतिपयलाई कुकुरले टोकेको छ । पीडितहरूलाई दिनमा एक पटक दालभातको व्यवस्था छ ।

पैसा हुनेले चिउरा, भुजिया लगायत किनेर खाए पनि धेरै भोकभोकै बस्ने गरेका छन् । भृकुटीमण्डपमा रहेको सार्वजनिक शौचालयमा पैसा तिर्नुपर्छ । पैसा नभएकोले लामो समयसम्म पिसाब च्यापेरै बस्नुपरेको पीडित शेख मुस्तफाले बताउनुभयो । २३ दिन हिँडेर काठमाण्डौ आएकाहरूको गोडामा फोका उठ्नुको साथै सुन्निएको छ । बाटोमा भएको आक्रमणमा केही पीडितहरू घाइते पनि बनेका छन् ।

पीडितहरूले सरकारसँग छ बुँदे माग राखेका छन् । उनीहरूका माग अदालतसँग सम्बन्धित रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । तर समाधानको पहल देखिएको छैन । सरकारले मिटरब्याज लिनेविरुद्ध कानुन बनाए पनि विगतमा ऋण लिनेहरूको विषयमा निर्णय नहुँदा कानुनी समस्या परेको हो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया