इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा नरसंहार मच्याएको एमनेष्ट...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ — अर्थमन्त्री वर्षमान पुनले आउँदो वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज मन्त्रालयमा भेटवार्ता गर्दै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गर्नुभएको हो ।
नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै उहाँले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तयार रहेको बताउनुभयो । अर्थमन्त्री पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताउनुभयो ।
उहाँले लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने भन्दै सरकारले तयारी तीव्र बनाएको बताउनुभयो । राजदूत थम्प्सनले लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिनुभयो । उहाँले अमेरिकी लगानीकर्ता नेपालमा आउने वातावरण बनाउन नेपालमा रहेको अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भेटवार्तामा राजदूत थम्प्सनले सङ्क्रमणालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । यसैगरी उहाँले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को अनुदानअन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको परियोजनाबारे पनि चासो राख्नुभएको छ । अर्थमन्त्री पुनले एमसीसी अन्तर्गतका परियोजनाको काम शुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।