रमजानमा पनि गाजामा युद्ध जारी

 फागुन २९, २०८० मंगलबार १२:११:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इस्लामको पवित्र महिना रमजानमा पनि इजरायली सेना र हमास विद्रोहीबीच गाजामा युद्ध जारी छ । रमजानअघि युद्धविराम हुने अपेक्षाका साथ मध्यस्तकर्ताले गरेका सबै प्रयास असफल भएको छ । युद्धका कारण भोकमरीको अवस्थामा पुगेका गाजाबासीमाथि इजरायलले निरन्तर आक्रमण गरिरहेको छ ।

यसैबीच, खाद्य सामग्री बोकेको जहाज गाजामा आउन लागेको खबर सार्वजनिक भएसँगै खाद्यान्न सहायताका लागि कुरिरहेकाहरु इजरायलको आक्रमणमा परेका छन् । इजरायली सेनाले गाजा शहरको दक्षिणी भागमा आक्रमण गर्दा सात जनाले ज्यान गुमाएका र २० जनाभन्दा बढी घाइते भएका अलजजिराले जनाएको छ ।

खाना र औषधिमा इजरायली प्रतिबन्धले गाजामा भोकमरी र अनिकाल निम्त्याएको छ। भोकमरीकै कारण २५ जना प्यालेस्टिनी नागरिकको ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया