राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण

 फागुन २९, २०८० मंगलबार १८:५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयाेजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पाैडेलले शपथ गराउनुभयाे ।

राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएकाे मतदानमा दाहालकाे पक्षमा ३९ र विपक्षमा १७ मत खसेकाे थियाे । दाहालले सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।

दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित हुनुभयो । कांग्रेस र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार बन्नुभएका शर्माकाे पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया