चैत महिनामा एनआईसी एसियाबाहेक १७ वटा वाणिज्य बैंकले ब्याजदर घटाउने

 फागुन ३०, २०८० बुधबार १५:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – एनआईसी एसियाबाहेक १७ वटा वाणिज्य बैंकले भोलि चैत १ गतेदेखि मुद्दती बचतको ब्याजदर थप घटाउने भएको छ । एनआईसी एसियामा गएको महिना उच्च दरमा निक्षेप झिकिएको कारण बैंकले ब्याजदर बढाएर प्रस्ताव गरेको हो ।

एनआईसी एसियाले फागुनमा मुद्दतीमा अधिकतम आठ प्रतिशत ब्याज दिएकोमा चैतमा आठ दशमलव ५४ प्रतिशत दिने भएको छ । फागुनमा मुद्दती निक्षेपको ब्याजदर औसत सात दशमलव सात प्रतिशत रहेकोमा चैतमा घटेर सात दशमलव २५ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ । चैतका लागि एनआईसी एसियाले सबैभन्दा धेरै आठ दशमलव ५४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले पाँच दशमलव ६६ प्रतिशत प्रस्ताव गरेको छ ।

बैंकहरूमा तरलता धेरै रहेकोले चैतका लागि ब्याजदर घटाएका हुन् । अहिले बैंकहरूमा छ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ । तर बैंकहरूको कर्जा लगानीमा वृद्धि हुन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया