आईएमई पेको रिफन्डेबल हवाई टिकटमा प्रयोगकर्ताको सङ्ख्यामा उत्साहजनक वृद्धि

 चैत ६, २०८० मंगलबार ११:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई पे एपमार्फत आन्तरिक हवाई टिकटअन्तर्गतको रिफन्डेबल टिकट प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको छ । रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेका सङ्ख्या उल्लेख्य बढेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिनुभयो । एक वर्षको अवधिमै प्रयोगकर्ताको बढ्दो सङ्ख्याले सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताउनुभयो ।

सहज फिचरसँगै प्रयोगकर्ताले कल तथा इमेलमार्फत पाउने सेवा र तत्कालै हुने रिफन्डले गर्दा ग्राहकको सङ्ख्या बढेको आईएमई पेले जनाएको छ । आईएमई पे एपमार्फत प्रयोगकर्ताले आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट–रिफन्डेबल फिचर पनि पाउन सक्छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया