सत्ता गठबन्धनकाे साझा सङ्कल्प : भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास स्थापित गर्ने (पूर्णपाठ)

 चैत ६, २०८० मंगलबार १७:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम र सङ्कल्प सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा पूर्वअर्थमन्त्री नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले साझा कार्यक्रम र सङ्कल्प सार्वजनिक गर्नुभएको हो ।

नागरिकमा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली नागरिकको सर्वाेपरि हितलाई केन्द्रमा राखिएको छ । शेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, हरित वित्तको परिचालन, १५औँ आवधिक योजनाको वस्तुनिष्ट मूल्याङ्कन गरी १६औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य सङ्कल्पमा उल्लेख छ ।

यसैगरी राजस्व प्रणालीलाई सुधार गर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउने, न्यायपालिकाको संरचनात्मक सुधार गर्ने, कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारकाे छानबिन गर्ने र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने, भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने एमाले उपाध्यक्ष पौडेलले बताउनुभयो ।

सत्तारूढ गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) समावेश छन् ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया