आज गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस

 चैत ७, २०८० बुधबार ११:४५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्व.गिरिजाप्रसाद कोइरालाको आज १४ औँ स्मृति दिवसकाे अवसरमा विभिन्न कार्यक्रम हुँदैछन् । नेपाली कांग्रेस, जीपी कोईराला फाउण्डेसनलगायतले कार्यक्रमको आयोजना गरेका छन् ।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको आरोपमा बुबा–आमा प्रवासमा रहेका बेला कोइरालाको वि.सं.१९८१ सालमा भारतको टेडीमा जन्म भएको थियो ।

२०४७ सालको आन्दोलन, २०६२/६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी द्वन्द्वलाई शान्तिपूर्ण रुपमा रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिमा उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया