ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला फुटबल टिम फर्कियो

 कात्तिक २९, २०७५ बिहीबार १८:३२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सन् २०२० ओलम्पिक छनोट अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ ।

ओलम्पिक छनोटमा सहभागिताको पहिलोपल्ट नै दोस्रो चरणमा पुग्न सफल नेपाली टोलीलाई बिहीबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिना, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले स्वागत गरे । 

स्वदेश फर्किएपछि नेपाली टोलीका प्रशिक्षक हरि खड्काले महिला फुटबलमा लगानी बढाउँदा अझै राम्रो प्रदर्शन गर्न सक्ने बताए । ‘हामीले छोटो तयारीमा पनि राम्रो नजिता निकाल्न सक्यौँ, अझ बढी लगानी र एक्स्पोजर हुने हो भने हामी अझै राम्रो गर्न सक्छौँ’, प्रशिक्षक खड्काले भने ।

त्यस्तै कप्तान निरु थापाले उच्च वरीयताका टोलीविरुद्ध राम्रो खेल्न सक्षम भएको भन्दै आउँदो अप्रिलमा हुने दोस्रो संस्करण र साफ च्याम्पियनसिपको तयारीमा लाग्नुपर्ने बताए । 

म्यानमारमा भएको पहिलो चरणको छनोटमा नेपालले समूह चरणमा अपराजित रहँदै दोस्रो चरणमा स्थान बनाएको हो । नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ गोलको बराबरी खेलेको थियो ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया