एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी काम भइरहेको छ : श्रम कार्यालय ताहाचल

 चैत १०, २०८० शनिबार ८:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहाचलले छिटो, छरितो र व्यवस्थित ढंगले श्रम स्वीकृति दिन प्रयास भइरहेको जनाएको छ । कार्यालयकाअनुसार श्रम मन्त्रीबाट एक घण्टाभित्र श्रम स्वीकृति दिन निर्देशन भएअनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सुधारको प्रयास भइरहेको छ ।

पछिल्लो समय फेमिस प्रणालीमा समस्या आइरहने गुनासो छ । सफ्टवेयरमा समस्या आउँदा दुई/तीन दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीले बताएका छन् । यसका कारण श्रमिकले हैरानी खेप्नुपरेको छ । समयमा श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारीमा जाने कतिपयको जहाज समेत छुट्ने गरेको गुनासो छ ।

यस्तो गुनासो बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालले हिजोदेखि सबै किसिमका श्रम स्वीकृति एक घण्टामा हुने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिनुभएको थियो । श्रममन्त्रीको निर्देशन र विद्यमान प्रणालीमा गरिएको सुधारअनुसार एक घण्टा या त्योभन्दा कम समयमै श्रम स्वीकृति दिने गरी तयारी भइरहेको कार्यालयले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया