आफ्ना लाखौँ नागरिक चिनियाँ ह्याकिङ षड्यन्त्रमा फसेका अमेरिकाको दावी

 चैत १३, २०८० मंगलबार ९:१८:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आफ्ना लाखौँ नागरिकका अनलाइन खाताहरु चिनियाँ ह्याकिङ षड्यन्त्रमा फसेका अमेरिकाले दावी गरेको छ । ह्याकर समूहले महत्वपूर्ण र जिम्मेवार अमेरिकी अधिकारीहरुलाई लक्षित गरी नागरिकका अनलाइन खाताहरु ह्याक गरेका अमेरिकी न्याय विभाग र कानुन सम्बन्धी अनुसन्धान गर्ने निकाय एफबीआईले जनाएको छ ।

अमेरिकाले अहिलेसम्म ह्याकर समूहमा आबद्ध सात जना चिनियाँ नागरिकलाई साइबर हमला अभियान सञ्चालन गरेको आरोप लगाएर उनीहरुको खोजी गरिरहेको बीबीसीले जनाएको छ । एफबीआईका अनुसार उनीहरुले १४ वर्षसम्म अभियान सञ्चालन गरेका खबरमा उल्लेख छ ।

अमेरिकी राज्य विभागले यो मुद्दामा आरोपितहरुको बारेमा जानकारी दिनेलाई १० मिलियन अमेरिकी डलर पुरस्कार दिने पनि घोषणा गरेको छ । अमेरिकी न्याय विभागका अनुसार ह्याकरहरूले अमेरिकी नागरिकसहित अमेरिकामा रहेका चीनका विदेशी आलोचकहरू, व्यवसायीहरू र राजनीतिज्ञलाई लक्षित गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया