उपत्यकाभित्रका औद्योगिक क्षेत्र अन्यत्र सार्ने योजना अलपत्र

 चैत १४, २०८० बुधबार १५:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उपत्यकाभित्रका औद्योगिक क्षेत्र अन्यत्र सार्ने वर्षौंअघिको योजना अलपत्र परेको छ । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमार्फत् उपत्यकाभित्रका उद्योग सार्ने नीति सार्वजनिक गरेको भए पनि अझै कार्यान्वयन नभएको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद कँडेलले उपत्यकाभित्रका औद्योगिक क्षेत्र सार्ने तत्काल कुनै योजना नरहेको बताउनुभयो । बालाजु औद्योगिक क्षेत्रमा एकसय ३५ वटा उद्योग सञ्चालनमा छन् भने चारवटा निर्माणाधीन छन् ।

पाटनमा एकसय ११ वटा उद्योग सञ्चालनमा र चारवटा निर्माणाधीन छन् । भक्तपुरमा ३८ वटा सञ्चालनमा र एउटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् ।

उपत्यकाको घना बस्तीका बीचमा रहेका उद्योगबाट सिर्जित प्रदूषणको असर, दशकौँ पुराना संरचना जीर्ण अवस्थामा पुग्दासमेत मर्मतसम्भार नहुनु, उद्योगका लागि नवीनतम प्रविधि जडान गर्न नसक्नुलगायत कारण औद्योगिक क्षेत्र सार्नुपर्ने सरकारले बताएको थियो ।

बालाजु र पाटन औद्योगिक क्षेत्रका अधिकांश पूर्वाधार संरचना ६० वर्ष पुराना छन् । औद्योगिक फोहोर र ढल व्यवस्थापनका लागि समस्या छ । धुवाँ निस्किने उद्योगमा अलिकति धुवाँ आउने बित्तिकै स्थानीयले गुनासो गर्ने गरेका छन् । विद्युत्, पानीलगायतका पूर्वाधार पनि जीर्ण अवस्थामा छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया