सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

 चैत १४, २०८० बुधबार १७:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य रमेश बिकले जानकारी दिनुभयो ।

२१ जना केन्द्रीय सदस्यमध्ये बैठकमा १२ जना मात्रै सहभागी थिए । पार्टीका संरक्षक रेशम चौधरी देश बाहिर हुनुहुन्छ । संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबीच नयाँ गठबन्धनलाई समर्थन गर्ने विषयमा विवाद छ ।

यसअघि केन्द्रमा गठबन्धन परिवर्तन भइसकेपछि पनि नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा थप मन्त्री पठाएको थियो । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि सुदुरपश्चिम प्रदेशमा सरकार फेरिने निश्चित भएको छ ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया