आजका चर्चित खबर : काठमाण्डौमा ढकाल दम्पत्तिको छुट्यो साथ, विराटनगरमा १० रुपैयाँमा बासमतीको भात !

 पुस ९, २०७६ बुधबार २०:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बुधबार बिहानै काठमाण्डौसहित देशभरको मौसम निकै चिसो भयो । अघिल्लो दिनसम्म सफा रहेको मौसम एक्कासी बदली भएपछि धेरैलाई पानी पर्ने हो कि भन्ने लागेको थियो । तर दिउँसोपछि बादल हट्यो, पानी परेन । चिसो भने बढ्यो । 

आजको मौसमसँगै भोलि लाग्ने खण्डग्रास सूर्यग्रहणको बारेमा पनि धेरैलाई चासो थियो । भोलि सार्वजनिक बिदा हुने चर्चा भए पनि गृहमन्त्रालयमा यसबारे छलफल त भयो, तर बिदा दिने निर्णय भएन ।

बुधबार नै मकवानपुरको वनमा एक्कासी धुवाँको मुस्लो देख्दा त्यहाँका स्थानीयबासिन्दाले जहाज दुर्घटना भएको हो कि भन्ने शंका गरे । केहीबेर सामाजिक सञ्जालमा हल्ला पनि भयो । त्रिभुवन विमानस्थल र प्रहरीले विमान दुर्घटना नभएको स्पष्ट पारेपछि यसबारेको चर्चा सेलायो । 

तर पछि एकाएक गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्ध विच्छेद भएको खबर फैलियो । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको खबरभन्दा पनि यो खबरले धेरैको ध्यान तानेको छ ।

यस्तै विराटनगरमा स्थानीय समाजसेवी दिलिप धाडेवाको अगुवाइमा १० रुपैयाँमा सादा खाना खाने व्यवस्था मिलाइएको खबरले पनि आज निकै चर्चा पाएको छ ।

हेर्नुहोस् बुधबारका मुख्य खबर :

गायक रामकृष्ण ढकाल र नीलम शाहबीच सम्बन्ध विच्छेद

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मकवानपुरमा देखिएकाे धुवाँकाे मुस्लाे विमान दुर्घटना नभइ डढेलाेका कारण : प्रहरी

बिहीबारको खण्डग्रास सूर्यग्रहणबारे जान्नैपर्ने केही कुरा

काठमाण्डाैकाे तापक्रम याे वर्षकै कम, जुम्लाको तापक्रम माइनस ६.५ डिग्री सेल्सियस

१० रुपैयाँमै राज्माकाे तरकारी र बासमतीकाे भात !

चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएकाे हाे : सीआईबी

जुनसुकै हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ, नत्र फास्ट ट्रयाक पनि चल्दैन : मन्त्री भट्टराई

राष्ट्रिय सभा चुनावमा भाग लिने दललाई चुनाव चिह्न : कसैलाई 'बस', कसैलाई 'ट्र्याक्टर'

गैरकानुनी हैसियतमा मलेसियामा बसेकालाई घर फर्कने अवसर अब ६ दिन बाँकी

अब सामान्य ट्राफिक नियम उल्लंघन गरे पनि ५ हजार जरिबाना हुने नियम बन्दै

ए डिभिजन लिग : तेस्रो चरणकाे बुधबारकाे खेलमा मछिन्द्र र एनआरटी क्लब विजयी

पाेखरा प्रिमियर लिग : बुटवललाई हराउँदै विराटनगर प्लेअफमा

सागमा टिम इभेन्टतर्फ रजत र कांस्य जितेका खेलाडीले कहिले पुरस्कार पाउँछन् ?

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया