समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

 पुस ९, २०७६ बुधबार १५:३९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

मंगलबार सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पार्टी अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

प्रधानमन्त्री आफैँले गरेको सहमतिबाट एकलौटी रुपमा पछि हटेपछि सरकारमा बस्नुकाे औचित्य सकिएको उहाँले बताउनुभयो । ‘सरकारमा सहभागी हुँदा संविधान संशोधन गर्नेगरी विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएका कमी कमजोरी हटाउने भन्ने स्पष्ट सहमित भएको थियो । हामीले पटक पटक भन्यौँ । पार्टीको प्रतिनिधिमण्डल नै बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौँ’, उहाँले भन्नुभयो, ‘संविधान संशोधनका लागि भएको सहमति त कार्यान्वयन भएन, उल्टो नीति निर्माण, बजेट निर्माण, कानुन बनाउँदा कुनै सहकार्य भएन । सहकार्यको संस्कृति लत्याएर एकलौटी निर्णय गर्दै गर्दै जाुनभयो ।’

अध्यक्ष यादवले मन्त्रिपरिषदमा संविधान संशोधनको प्रस्ताव नभएर आफूले संविधानमा भएको त्रुटिहरु केलाएर संशोधन गर्न संविधानविदहरुको विज्ञ टोली बनाएर अध्ययन छलफल गर्ने प्रस्तावलाई प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि सरकारमा के गरी बस्ने ? भन्दै प्रश्न गर्नुयभो ।

यादवले सरकरलाई दिएको समर्थन फिर्ता लिएर अब प्रतिपक्षमा बसी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय पार्टीले गरेको पनि बताउनुभयो ।

तराई मधेशका जिल्लाहरुमा तीव्र दमन भइरहेका बेला संविधानको घोषणा गरिएको स्मरण गर्दै उहाँले तराई मधेशमा संविधान दिवसको दिन ब्ल्याक आउट हुनुको कारण संविधानका कतिपय धाराहरु अस्वीकार्य रहेको बताउनुभयो ।

‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाइको दम्भ सकिएको छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली, समावेशीताको सवालमा हाम्रो पार्टीको असहमति हो’, उहाँले भन्नुभयो ।

राष्ट्रिय जनता पार्टीसँग एकीकरणका लागि धेरै हदसम्म कुरा भएको केही प्राविधिक कुराहरु बाँकी रहेको उहाँले बताउनुभयो । राजपाले एकताका लागि राख्दै आएको मुख्य शर्त पूरा भएकोले अब राजपा कसरी अगाडि बढ्छ ? भन्नेमा एकताको खाका कोरिने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया