आजको विशेष : गगन थापालाई सञ्चारमन्त्री बाँस्कोटाको कटाक्ष, सीमा विवादमा उच्चस्तरीय पहल थाल्न राष्ट्रिय सभाको निर्देशन

 पुस १७, २०७६ बिहिबार २०:१०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यसअघिका बिहीबारजस्तै आज पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको भाषण चर्चामा रह्यो ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न मन्त्री बाँस्कोटाले हरेक हप्ता बिहीबार पत्रकार सम्मेलन गर्नुहुन्छ । पत्रकार सम्मेलनमा सरकारका निर्णयभन्दा धेरै उहाँको भाषणको चर्चा हुन्छ । आज उहाँले सूचना प्रविधि विधेयकबारे सार्वजनिक भैरहेका टीकाटिप्पणीलाई लिएर सरकारको बचाउ गर्नुभयो । उहाँले विधेयकबारे प्रतिपक्षीले नचाहिने हल्ला फैलाएको भन्दै नेता गगन थापाको कटाक्ष गर्नुभयो।

राष्ट्रियसभाले भारतसँगको सीमा विवादसम्बन्धी विषयको संकल्प प्रस्ताव स्वीकृत गर्दै सीमा विवाद उच्चस्तरीय राजनीतिक पहलमार्फत समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले सीमा विवादसम्बन्धी राष्ट्रिय संकल्प प्रस्तावमाथिको छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको हो ।

अनि बिहीबार देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात भएपछि चिसो बढेको छ ।

हेर्नुहोस् बिहीबारका मुख्य खबर :

राष्ट्रिय सभाकाे संकल्प : उच्चस्तरीय राजनीतिक पहलमार्फत सीमा विवाद समाधान गर्न सरकारलाई निर्देशन

गगन थापालाई सञ्चारमन्त्रीको जवाफ : आफूलाई पर्दा कारबाही गर्नुभयो, अहिले कानुन ल्याउँदा किन विरोध ?

उखु किसानकाे पैसा तत्काल भुक्तानी गर्न सांसद वीरेन्द्र कनाेडियालाई कांग्रेसकाे निर्देशन

सरकारलाई उखु किसानको माघ ७ गतेसम्मकाे अल्टिमेटम

पश्चिम र मध्य क्षेत्रका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात : सतर्क रहन माैसमविद्काे सुझाव

एसएसपी नै यात्रु बनेर गएपछि...

१० वर्षमा ‘स्कुल’ : ७० वर्षमा ‘डिग्री’ !

भ्रमण वर्ष : भूकम्पपछि अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको भ्रम चिर्ने अवसर

कश्मीर : 'सर्च अपरेसन'का क्रममा ज्यान गुमाउने जवान गाेरखाका अर्जुन थापामगर

बाजुरा जीप दुर्घटना अपडेट : ज्यान गुमाउने चार जनाकै परिचय खुल्याे

बर्दियाको वराहतालमा चितुवा आतंक : एक जनाको ज्यान गयो

जनकपुरमा भारतीय संस्कृति राज्यमन्त्रीकाे आग्रह : एक अर्ब भारु सहयाेगका लागि प्रस्ताव पठाउनुस्

४ जना इजिप्टका नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय

‘सेकेण्ड ह्याण्ड' कार किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस् !

एनसेल 'रिचार्जमा चमत्कार' : दुर्घटनामा परेर उपचार गराइरहेका कामतीलाई १० लाख

मेलबर्न स्टार्सकाे बिग ब्याश लिगमा चौथो जित : अंक तालिकाकाे शीर्ष स्थानमा

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया