मेलबर्न स्टार्सकाे बिग ब्याश लिगमा चौथो जित : अंक तालिकाकाे शीर्ष स्थानमा

 पुस १७, २०७६ बिहिबार १८:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सले बिग ब्याश लिगमा चौथो जित हात पारेको छ ।

सिड्नीमा भएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्‍याे । टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएकाे थियो । सिड्नीका लागि एलेक्स रसले ४० तथा म्याथ्यु गिल्केसले २८ रन बनाए ।

सिड्नीले दिएको १ सय ४३ रनको लक्ष्य मेलबर्नले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

उसको जितमा निक लार्किनले ६५ तथा मार्कस स्टोइनिसले ५८ रनको योगदान गरे । जितसँगै मेलबर्न ५ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

याे सिजनकाे ४ खेलमा ३ विकेट हात पारेका सन्दीपलाई चोटका कारण आजकाे खेलमा भने आराम दिइएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया