गगन थापालाई सञ्चारमन्त्रीको जवाफ : आफूलाई पर्दा कारबाही गर्नुभयो, अहिले कानुन ल्याउँदा किन विरोध ?

 पुस १७, २०७६ बिहिबार १७:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सूचना प्रविधि विधयेकबारे प्रतिपक्षीले नचाहिने हल्ला फैलाएको आरोप लगाउनु भएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा उहाँले सूचना प्रविधि विधेयकको विषयमा अनावश्यक हल्ला फैलाइएको र नागरिकको गोपनीयता र स्वतन्त्रताको हकलाई यो विधयेकले कुनै असर नगर्ने बताउनुभयो ।

केही नेताहरुले विधयेकमा भएका प्रावधानलाई बंग्याएको र गलत हल्ला फैलाएर नागरिकमा भ्रम सृजना गर्न खोजेको उहाँको आरोप छ । नेपाली कांग्रेसका नेता गगन थापातर्फ लक्षित गर्दै मन्त्री बाँस्कोटाले उहाँलाई कसैले गाली गर्दा काठमाण्डाै बाहिरबाट झिकाएर कारबाही गरेको तर अहिले सरकारले सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही गर्नेगरी विधयेक ल्याउँदा अनावश्यक हल्ला फैलाइरहेको पनि आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसका नेता गगन थापाले केही दिनअघि सरकारले ल्याएको सूचना प्रविधि विधयेकले नागरिकको मौलिक हकमा प्रतिबन्ध लगाउन खोजेको आरोप लगाउनुभएको थियो ।

यस्तै सरकारले कर्मचारीले चुस्त भएर काम नगर्दा विकास निर्माणले तीव्रता नपाएको बताएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कर्मचारीले असहयोग नगरेको तर सरकारले सोचेजस्तो फटाफट काम नगरेको बताउनुभयो ।

उहाँले चिनी मिलले किसानलाई भुक्तानी गर्न बाँकी रकम दिलाउन सरकारले पहल गरिरहेको भन्दै सरकारबाट पाउने अनुदान सोझै किसानलाई दिने उपायकाे खोजी भैरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया