९ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे, विदेश जाने भने घटे

 वैशाख ३०, २०८१ आइतबार १५:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ प्रतिशतले धेरै हो । गएको वर्षको १० महिनामा रेमिट्यान्सको वृद्धि भने २४ दशमलव २ प्रतिशत रहेको थियो ।

रेमिट्यान्स बढे पनि विदेश जानेहरूको सङ्ख्या भने घटेको छ । १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पाँच लाख ४२ हजार एक सय ४९ जना रहेको छ ।

गएको वर्षको १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या छ लाख पाँच हजार आठ सय जना रहेको थियो । पोहोरको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या ६३ हजार जनाभन्दा धेरैले घटेको छ ।

तपाईको प्रतिक्रिया