तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – मंगलबार खाडीका देशका मुद्रा, कोरियन वन र मलेसियन रिंगिटको भाउ घटेको छ । यो हप्ताको सुरुवातदेखि नै विदेशी मुद्राको भाउ घटिरहेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रिदर ३० रुपैयाँ ६३ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २९ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १५ र बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ १९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ २३ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ८२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।