राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
काठमाण्डाै – वाणिज्य बैंकहरूको तेस्रो त्रैमाससम्मको नाफा १ दशमलव ४५ प्रतिशतले बढेको छ । गएको वर्षको साउनदेखि चैत मसान्तसम्म ४० अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएका २० वटा बैंकहरूले यो वर्षको साउनदेखि चैत मसान्तसम्ममा ४१ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् ।
२० मध्ये ९ वटा बैंकको नाफा अघिल्लो वर्षको भन्दा घटेको छ भने ११ वटाले नाफा बढाएका छन् । कुमारी, सिटिजन्स, एनआईसी एशिया, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम कमर्सियल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको हो । यीमध्ये एनआईसी एशियाको नाफा झन्डै ९२ प्रतिशतले घटेको छ । यस्तै हिमालयनको ७४ र कुमारी बैंकको ७३ प्रतिशतभन्दा धेरैले नाफा घटेको छ ।
सबैभन्दा धेरैले नाफा बढ्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २ हजार ३२ प्रतिशत अर्थात् २१ गुणाले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।