फाल्गुनन्द गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज फिदिम स्पोर्टि...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – युएईमा आफूले चलाएको कार दुर्घटनामा श्रीमतीको ज्यान जाँदा श्रीमानले २ लाख दिर्हाम ब्लडमनी तिर्नुपरेको छ । भारतका प्रविन पिएले चलाएको कार दुर्घटना हुँदा उहाँकी श्रीमती दिव्या प्रविनको ज्यान गएको थियो ।
आइतबार श्रीमती र २ वर्षका छोरासहित प्रविन पिएले चलाएको कार रस अलखेमामा सडक छेउको ट्राफिक संकेत राखिएको पोलमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनामा २५ वर्षकी दिव्याको ज्यान गएको थियो ।
उहाँ निदाएका कारण दुर्घटना भएको भन्दै अदालतले प्रविनले छोरालाई २ लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको गल्फ न्युजले जनाएकाे छ । यस्तै सडक छेउको ट्राफिक संकेत राखिएको पोलमा क्षति पु¥याएकोमा २५ सय दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला सुनाएको हो । उनले ब्लडमनी बुझाएर श्रीमतीको शव भारत लगेका छन् ।
त्यो दिन भारतका मलायम समुदायका महिलाले श्रीमानको दिर्घायुको कामना गर्दै थिरुभाथिरा पर्व मनाएका थिए । त्यही पर्व मनाउन गएकी दिव्याले पनि भारतको परम्परागत नृत्य प्रस्तुत गर्नुभएको थियो ।
संयोग भन्ने या अरु केही कार्यक्रम सकेर फर्किंदा गर्दा भएको दुर्घटना उहाँको ज्यान गयो । श्रीमान र छोराको भने ज्यान जोगियो ।