फाल्गुनन्द गोल्डकप : पहिलो सेमिफाइनलमा आज चर्च ब्वाइज र फिदिम ...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – हप्ताको पहिलो दिन आइतबार डलरसँगै अरु विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ । आइतबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा छ । शुक्रबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ २७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८७ पैसा थियो ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा तोकिएको छ । शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ ०९ पैसा थियो ।
यस्तै शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ रहेकोमा आइतबार खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा तोकिएको छ ।
युएई दिर्हामको पनि भाउ केही पैसाले घटेको छ । आइतबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोएिको छ । शुक्रबार खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा थियो छ ।
शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०८ पैसा रहेकोमा आइतबार खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
यस्तै आइतबार कुवेती दिनार १ को खरिददर ३६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ५४ पैसा तोकिएको छ । शुक्रबार खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५२ पैसा थियो ।
आइतबार बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ६८ पैसा तोकिएको छ । शुक्रबार बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९९ रुपैयाँ ४२ पैसा थियो ।
कोरियन वनको भाउ भने स्थिर जस्तै छ । शुक्रबार कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा रहेकोमा आइतबार खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०६ पैसा तोकिएको छ ।