सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – मंगलबार अमेरिकी डलरसँगै रियाल, रिंगिट, दिर्हाम लगायत सबै विदेशी मुद्राको भाउ बढेको छ ।
मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो सोमबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०८ पैसा रहेको थियो ।
आज मंगलबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकिएको छ । आइतबार खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १४ थियो ।
हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ । सोमबार १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा थियो ।
यस्तै युएई दिर्हामको भाउ मंगलबार एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा तोकिएको छ । सोमबारको तुलनामा मंगलबार मलेसियन रिंगिटको भाउ पनि केही पैसाले बढेको छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा तोकिएको छ । हिजो सोमबार रिंगिटको खरिददर २७ रुपैयाँ ४६ पैसा र बिक्रीदर २७ रुपैयाँ ६१ पैसा थियो ।
बहराइन दिनारको भाउ पनि सोमबारको भन्दा बढेको छ । सोमबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १५ पैसा रहेको थियो । आज मंगलबार भाउ बढेर कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६३ पैसा भएको छ ।
यस्तै बहराइन दिनारको एकको खरिददर ३०० रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३०१ रुपैयाँ ८५ पैसा तोकिएको छ । हिजो सोमबार बहराइन दिनारको भाउ खरिददर २९८ रुपैयाँ ३७ पैसा तथा बिक्रीदर २९९ रुपैयाँ ९६ पैसा तोकिएको थियो ।
कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ । सोमबारं कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा थियो ।