सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ - सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि श्रम स्वीकृतिको सेवा शुरु हुँदैछ । वैदेशिक रोजगारीमा जानेलाई शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिन लागिएको हो । आज विशेष कार्यक्रम गरेर सेवा उद्घाटन गर्ने तयारी भैरहेको श्रम तथा रोजगार कार्यालय धनगढीका प्रमुख कृष्णानन्द जोशीले जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकेको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ ।
हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।
अब प्रदेश १ को राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति दिने व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि सरकारले काठमाण्डाैकाे ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएका थियो ।