राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – डेल्टा म्यानपावरका सञ्चालक राजन केसी विदेश पठाइदिने भन्दै पैसा ठगेको अरोपमा पक्राउ परेका छन् ।
तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ६० जनासँग प्रति व्यक्ति ४ लाखका दरले पैसा उठाएर विदेश नपठाएपछि केसी पक्राउ परेका हुन् । पीडितले बानेश्वरमा रहेको म्यानपावरको कार्यालयबाट सञ्चालक केसीलाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार विभागमा बुझाएका थिए ।
पीडितको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले आवश्यक कारबाहीका लागि केसीलाई प्रहरी कार्यालयमा पठाएको हो ।