जलवायु परिवर्तनको समस्यामा नेपाललाई नखाएको विष लागिरहेको छ ...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन १५ दिनको समय दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार सूचना निकालेर मलेसिया जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुलाई सूचीकरण हुन भनेको हो ।
मन्त्रालयले वैदेशिक रोजगार नियमावली (चौथो संशोधन), २०६४ को नियम ४५ क बमोजिम सूचीकरण भएका र सूचीकरणको लागि मापदण्ड पूरा गरी सूचीकृत हुन चाहने स्वास्थ्य संस्थाहरुलाइर्ए रीतपूर्वकको निवेदन दिन आग्रह गरेको छ ।
मलेसिया सरकारले स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि सरकारले सूचीकरणको लागि आह्वान गरेको हो । योसँगै मलेसियामा कामदार पठाउँदा स्वास्थ्य परीक्षण गर्दै आएका संस्थाहरुको सिण्डिकेट विधिवत रुपमै अन्त्य भएको छ ।
झण्डै साढे १० महिनादेखि बन्द मलेसियाको रोजगारी पनि सोमबारदेखि नै खुलेको छ । पहिलो चरणमा कलिङ भिसा आएकाको श्रम स्वीकृति सुरु हुँदैछ ।