रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर

 बैशाख १, २०७६ आइतबार १०:५७:४१ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८२ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ । 

यस्तै आइतबार कुवेती दिनारको १ को खरिददर ३६२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९४ रुपैयाँ २५ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । 


 

तपाईको प्रतिक्रिया