बेरोजगारले रोजगारीका लागि आवेदन दिने म्याद एक महिना थपियो

 बैशाख ८, २०७६ आइतबार १२:५३:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले रोजगारीका लागि निवेदन दिने समय एक महिनाको समय थप गरेको छ । यसअघि दिएको चैत मसान्तसम्मको म्याद सकिएपछि वैशाख मसान्तसम्मको समय थप गरेको हो । 

बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सक्नेछन् । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।

त्यसपछि स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गर्नेछ । स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म न्यूनतम एक सय दिन रोजगारी पाउनेहरुको संख्या छुट्याउनेछ ।


 

तपाईको प्रतिक्रिया