विशेष मौसमी बुलेटिन : भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा ...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले योगदानमा आधारिक सामाजिक सुरक्षा योजनामा योगदान गर्ने नागरिकलाई सामाजिक सुरक्षा नम्बरसहितको परिपचपत्र दिने भएको छ ।
सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा योजनामा योगदान गर्नेलाई सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र दिने घोषणा गरेको हो ।
नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा योजनाको दायरा बढाइने भन्दै यसबाट श्रमिक, कर्मचारी, औषधोपचार, स्वास्थ्य तथा मातृ स्वास्थ्य सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र जेष्ठ नागरिक सुरक्षा सम्बन्धी सेवाबाट लाभान्वित हुने सरकारको भनाई छ ।
यस्तै सरकारले विभिन्न निकायबाट प्रदान गरिने सामाजिक सुरक्षा कार्यक्रमलाई समन्वयात्मक रुपमा सञ्चालन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।