राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि लाग्ने शुल्क रोजगारदाताले नै तिर्नु पर्ने व्यवस्था गरिने भएको छ ।
वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सरकारले कामदारले तिर्नु पर्ने शुल्क रोजगारदाताले नै व्यहोर्नुपर्ने गरी कामदार पठाउने देशसँग सम्झौता गर्ने भएको हो ।
संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थप देशहरुसँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको भन्दै अब गरिने सम्झौतामा कामदारको व्यवसायजन्य सुरक्षा, स्वास्थ्य सम्बन्धी व्यवस्था लगायत कामदारको अधिकतम हितलाई ध्यान दिने घोषणा गर्नुभएको छ ।