नेपाली डाक्टर र नर्सलाई रोजगारी दिने ओमानको प्रस्ताव

 असार ५, २०७६ बिहिबार ११:३९:३२ | उमाकान्त पाण्डे

यूएई – ओमानले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसँग भएको शिष्टाचार भेटमा ओमानका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव गरेको नेपाली दूतावास ओमानले जनाएको छ । 

ओमानलाई नेपाली डाक्टर र नर्स चाहिएको भन्दै त्यसका लागि सहयोग गर्न मन्त्री सादीले आग्रह गरेको दूतावासको भनाई छ । 

ओमानले अहिले भारत, इजिप्ट लगायतका देशबाट डाक्टर र नर्स ल्याउने गरेको छ । नेपालमा पनि दक्ष जनशक्ति रहेकाले स्वास्थ्य क्षेत्रबाट पनि नेपाल र ओमानसँगको सम्बन्ध थप विस्तार गर्न सकिने स्वास्थ्य मन्त्री सादीको विश्वास छ ।

जवाफमा राजदूत ढकालले ‘जीटूजी’ प्रकृयामार्फत नेपाली डाक्टर र नर्सहरु ओमान ल्याउन सकिने बताउनुभएको थियो । नेपाल र ओमानबीच श्रम समझदारीको तयारी भईरहेकाले कतिपय विषय त्यसमा नै समेट्न सकिने राजदूत ढकालले बताउनुभएको छ । 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया