राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 साउन ५, २०७६ आइतबार १०:४१:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८३ पैसा छ । 

यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ २३ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८२ पैसा छ । 
 

तपाईको प्रतिक्रिया