स्वअध्ययन गरेर पनि आईटी क्षेत्रमा काम गर्न सकिन्छ
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगार व्यवसायी तथा म्यानपावर कम्पनीहरुलाई अझै पनि शाखा खोल्ने अनुमति नभएको सरकारले प्रष्ट पारेको छ ।
उनीहरुलाई नयाँ शाखा खोल्न अनुमति नदिइएको वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भूसालले बताउनुभएकोे हो ।
कतिपय रोजगार व्यवसायीले विभागले नयाँ शाखा खोल्न स्वीकृति दिएको भन्ने गलत हल्ला फैलाएको भन्दै उहाँले त्यसो नभएको प्रष्ट पार्नुभएको छ ।
‘कतिपय म्यानपावर कम्पनीले नयाँ शाखा खोल्न विभागबाट अनुमति पाएको भन्दै गलत प्रचार गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘विगतमा पाएको स्वीकृतिलाई विभागको सूचना प्रणालीमा अद्यावधिक गर्न पूरा गरिएको कागजात भन्दै त्यसो गरिरहेका छन् ।’
यस्तो हल्लाप्रति विभागको ध्यानाकार्षण भएको भन्दै उहाँले संशोधित ऐनमा भएको व्यवस्थाबमोजिम हुनेगरी कार्यविधि स्वीकृत नहुँदासम्म विभागले यस्तो निर्णय नगर्ने पनि जानकारी गराउनुभएको छ ।