राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – थाइल्याण्डको बैंककमा समस्यामा परेका १० जना नेपालीलाई नेपाली दूतावासले उद्धार गरेको छ ।
खाद्य तथा पेय पदार्थ बनाउने तालिमका लागि थाइल्याण्ड पुगेका १० प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फकाइएको दूतावासले जनाएको छ । उनीहरु काठमाण्डौको बागबजारमा रहेको कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत थाइल्याण्डको बैंकक पुगेका थिए ।
उनीहरुले सम्झौताअनुसार तालिम र सुविधा नपाएको भन्दै दूतावासमा निवेदन दिएका थिए । दूतावासले सोमबार विज्ञप्ति निकालेर उनीहरुमध्ये ३ जनालाई गएको बुधबार र ७ जनालाई शुक्रबार उद्धार गरेको जानकारी दिएको छ ।