दक्षिण कोरियामा ६५ वर्षमाथिको जनसङ्ख्या २० प्रतिशत पुगेसँगै जन...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ । अघिल्लो दिनको तुलनामा डलर, रियाल, दिर्हाम, रिंगिट, दिनार, वन लगायत विदेशी मुद्राको भाउ बढेको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा तोकेको छ । बुधबार खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा थियो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९ रुपैयाँ ५१ पैसा छ । बुधबार खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । बुधबार खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा थियो ।
बिहीबार यूएई दिर्हाम १ को २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा छ । बुधबार यसको खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा थियो ।
बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा तोकिएको छ । बुधबार यसको खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८६ पैसा थियो ।
कोरियन वन १ सयको ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा छ । बुधबार यसको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा थियो ।
यस्तै बिहीबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६८ पैसा तोकिएको छ । बुधबार यसको खरिददर ३६१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३८ पैसा थियो ।
यस्तै बहराइन दिनार १ को २९१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २९३ रुपैयाँ ५५ पैसा छ । बुधबार यसको खरिददर २९१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४० पैसा थियो ।