दशैँ बिदामा पनि श्रमिकको गुनासो सुन्ने कल सेन्टर र शव ढुवानी सेवा सञ्चालन हुने

 असोज १६, २०७६ बिहिबार १७:३०:४७ | उज्यालो सहकर्मी

काठमाण्डौ– दशैँ बिदाको समयमा पनि श्रमिकका गुनासा तथा जिज्ञासाको सुनुवाईका लागि कल सेन्टर सञ्चालन हुने भएको छ ।

वैदेशिक र स्वदेशको रोजगारी तथा सामाजिक सुरक्षाका विषयमा गुनासो, जिज्ञासा र प्रश्न सुन्न र समाधान खोज्न स्थापना भएको कल सेन्टरले दशैँ बिदामा पनि सेवा दिने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

दशैँ बिदाको समयमा कार्यालय समय १० देखि ५ बजेसम्म कल सेन्टर खुल्नेछ । साथै दशैँका बेला विदेशबाट आएका शव नि:शुल्क ढुवानी सेवा पनि सञ्चालन हुने बोर्डले जनाएको छ ।

असोज १९ देखि २२ गतेसम्म बोर्ड बन्द हुने भए पनि सेवाग्राहीको सहजताको लागि बोर्डले नि:शुल्क शव ढुवानी कार्यमा समन्वयका लागि सम्पर्क व्यक्ति तोक्दै सूचना जारी गरेको छ ।

नि:शुल्क शव ढुवानीका लागि बोर्डका उपसचिव दिनबन्धु सुवेदीलाई ९८४१५०७८९८ मा, नायव सुब्बा दिलिप खड्कालाई ९८५१०९६०६३ मा, नायव सुब्बा आशिष भण्डारीलाई ९८५५०३२२८८ मा र कम्प्युटर अपरेटर रोशन गौतमलाई ९८४११६४९४६८ मा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया