काठमाण्डौमा आज पनि शिक्षकहरुको प्रदर्शन : माइतीघर–बानेश्वर क्षेत्रमा यातायात प्रभावित

 वैशाख ७, २०८२ आइतबार ११:५२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – शिक्षकहरुले आज पनि काठमाण्डौमा प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर उनीहरु बबरमहल हुँदै नयाँबानेश्वर पुगेका हुन् । आज पनि माइतीघर–बानेश्वर सडकखण्डमा गाडीको आवागमन प्रभावित भएको छ ।

यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई ध्यानमा राखेर बिहान ९ बजेदेखि अहिले १२ बजेसम्म प्रदर्शन गरेका हुन् । शिक्षकहरूले गएको चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका हुन् ।

प्रदर्शनको आज १९ औँ दिन भएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न उनीहरुको मुख्य माग छ । शिक्षकहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुटाछुटै छलफल गरेपनि कुनै निस्कर्ष निस्केको छैन ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया