तीन शीर्ष नेताबीच छलफल : संविधानको रक्षाका लागि एकसाथ अगाडि...
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – कतारमा कोरोनाका कारण खाद्यान्नको समस्या हुनेलाई कतार च्यारिटीले सहयोग गर्ने भएको छ । कतारमा कार्यरत नेपाली श्रमिकलाई खाद्यान्नको समस्या भएको भएमा कतार च्यारिटीमा अनलाइन फारम भर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
लिंकमा माग गरे अनुसारको विवरण भरेपछि त्यसको आधारमा मोबाइलमा म्यासेज आउने छ । म्यासेजमा आएको कुपन नम्बरसहित आफूलाई पायक पर्ने कुनै पनि अल मीरा स्टोरबाट खाद्य सामग्री लिन सकिने दूतावासले उल्लेख गरेको छ ।
![]() |
खाडी र मलेसियामा बुधबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ८९, ६ निको भए, ८३ जना अस्पतालमा |