शिक्षकहरुले आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – मलेसियामा फेरि दुई हप्ता लकडाउन थपिएको छ । बिहीबार मलेसियाका प्रधानमन्त्री मुहिइदिन यासिनले लकडाउनको समय दुई हप्ता थप गर्दै १२ मेसम्म लकडाउन हुने घोषणा गर्नुभएको हो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मलेसियामा गएको १८ मार्चदेखि लकडाउन सुरु भएको हो । यसअघि अप्रिल २८ सम्म लकडाउनको घोषणा गरिएको थियो । मलेसियामा अहिलेसम्म एक जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएर निको पनि भइसकेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।