वैदेशिक रोजगारी : स्वास्थ्य मापदण्ड अपनाएर मात्रै अभिमुखीकरण तालिम दिन विभागको आग्रह

 जेठ २७, २०७८ बिहिबार १२:४७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेहरुको लागि दिइने अभिमुखीकरण तालिम स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

पछिल्लो समय कतार लगायत टर्की र चीनको लागि अन्तर्राष्ट्रिय  उडान सुरु भएका छन् । योसँगै वैदेशिक रोजगारीमा जानेहरुको लागि स्वास्थ्य मापदण्ड अपनाएर मात्रै तालिम दिन अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागले आग्रह गरेको हो ।

इजाजत प्राप्त संस्थाले नै स्वास्थ्य मापदण्ड पालना नगरिकन तालिम सञ्चालन गरिरहेको विषयमा ध्यानाकर्षण भएको पनि विभागले जनाएको छ । यस विषयमा थप निगरानी पनि गरिरहेको भन्दै सरकारले जारी गरेका निर्देशनको पालना गर्न पनि तालिम प्रदायक संस्थालाई विभागले सचेत गराएको छ ।

 


तपाईको प्रतिक्रिया