तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – उद्यम गर्न चाहने युवालाई सरकारले बिनाधितो पाँच देखि १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि बिना धितो ऋण लगानी गर्ने बताउनुभएको हो ।
आइतबार काठमाडौंको किङ्स कलेजले आयोजना गरेको तेस्रो राष्ट्रिय युवा उद्यमी छनौट कार्यक्रममा बोल्दै मन्त्री विष्टले धेरै युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको बताउँदै सानो पूँजीको अभावमा कोही पनि युवा उद्यमशील बन्नबाट बञ्चित हुनु नपर्ने बताउनुभएको हो ।
श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताउँदै उहाँले सामान्य पढेलेखेका युवामा सानो काम गर्नुहुन्न भन्ने नकारात्मक सोच नै चुनौती बनेको उल्लेख गर्नुभयो ।
स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने सरकारको पहिलो प्राथमिकता भएको र त्यसका लागि विभिन्न कार्यक्रम ल्याउने मन्त्री विष्टले बताउँदै आउनुभएको छ ।
राम प्रसाद न्यौपाने ।
Aug. 30, 2018, 4:11 p.m.मन्त्री ज्यु तपाईंको योजना सहि छ ।तर छिटोभन्दा छिटो कार्यन्वयनमा ल्याउनुु पर्यो।
शक्तिमान गोले
Aug. 28, 2018, 10:47 p.m.आफ्नो कार्यकर्तालाई दिने हो, जोसङ्ग उद्धमको कुनै काॠ योजना अनि स्किल हुदैन उसैको हातमा रकम सजीलै पुग्छ तर ननकार्यकर्तालाई पैसा लिन गार्हो छ दु:ख मात्रै दिन्छन आश्वासन मात्रै त हो नि ।
खिमानन्द भट्टराई
Aug. 28, 2018, 9:07 p.m.माननीय मन्त्री ज्यू म जस्ता धेरै युवा सरकारी लगानी को प्रतिक्षामा छन रोजगारीको लागी राम्रो सोच लिनु भएको छ । विगत देखिको हजुरको इतिहास हेर्दा काम गर्नुहुन्छ जस्तो लाग्छ तर अरु नेताको त यस्ता भाषण पनी हुन्छन ।किन देशले गोकर्ण बिस्टलाइ एउटा मन्त्री विगत देखि किन पाएन र वर्तमानमा मात्र पायो ????
पदम बहादुर गुरुङ
Aug. 28, 2018, 3:21 p.m.यहाबाट त्यहा जाउ त्यहाबाट त्यहा जाउ आज आउ भोलि आउ पर्सि आउ भनेर दुख मात्र दिनेत होला
sujan
Aug. 28, 2018, 12:54 p.m.मलाई पनि चाहिएको थियो, कहिले दिने हुन ?
Khom raj poudel
Aug. 27, 2018, 12:28 a.m.यो समाचार मात्र हो जस्तो लाग्छ । बिदेश बाट नेपाल आएको सात् महिना भयो । छट्पटी ले रात भरी निद्रा लाग्दैन लागनी गर्ने पैशा छैन । फेरी साहु को रिन् खोजेर बिदेश जाऊ भने घर परिवारको बिचली होला । देश भित्र केही गरेर परिवारको आँखा मा खुशी ल्याउन सक्ने इस्थिती छैन । मन एकोहोरो हुन्छ । लाग्छ आज भोली त् जिन्दगी असफलता रहेछ पैशा बिनाको यो संसार केही छैन । सुसाईद नोट् लेखेर जिन्दगी देखी बिदा मागु जस्तो लाग्छ । सरकारमा काम गर्ने हाम्रा मन्त्री जिउ हरु भाषान गर्नु हुन्छ । गरीब र बेरोजगार यूबा को के हालत छ सर्बेक्षण गर्नु हुँदैन यहाँ आउनुस् कुन हालत भएको छ ।